साढे दुई वर्षपछि अर्थ मन्त्रालय फर्किए भुपाल बराल, राजस्व सचिवको जिम्मेवारी

राजस्व सचिवको जिम्मेवारी भुपाल बरालले पाएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको प्रमुख सचिवको जिम्मेवारीमा रहेका बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरूवा गरेको हो।

त्यसअघि गत असोज ६ गते नै राजस्व सचिवको जिम्मेवारीमा रहेका दिनेशप्रसाद घिमिरेले प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सुरू गरिएको थियो।

बराल अर्थका क्याडर हुन्। उनी पछिल्लो पटक २०८० चैतमा अर्थ मन्त्रालय मातहतको जिम्मेवारीबाट बाहिरिएका थिए।

२०८२ जेठ महिनामा सचिव पदमा बढुवा भएसँगै बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको थियो।

Laxmi bank

बरालले अर्थ मन्त्रालयमा बजेट महाशाखा, राजस्व प्रशासन महाशाखाका साथै आन्तरिक राजस्व विभागको महानिर्देशको जिम्मेवारी निभाएका थिए।
उनले राजस्व सचिवको जिम्मेवारी शुक्रबारबाट सम्हाल्नेछन्।

0 प्रतिक्रियाहरु

प्रतिक्रिया दिनुहोस्